बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

 न्यूज विराट
बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।

तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले २ जेठमा भैरहवाअन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुन: र्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको अन्त्य हुनुपर्ने बताएका छन् । कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको...

देशभर २४ घण्टामा थपिए ६ सय ३८ संक्रमित

काठमाडौं, २७ साउन-देशभर गत २४ घण्टाको अवधिमा ६ सय ३८ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश...

नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो । सम्झौता पत्रमा...

विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्