लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

 न्यूज विराट
लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

एजेन्सी, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।

जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।लखनउका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले एक्लै चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।जितसँगै राजस्थान  ४ खेलमा ३  जित र १ हारसहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

लखनउ ५ खेलमा ३ जित दुई हारसहित पाचौँ स्थानमा छ । यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए । दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो ।दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउँदा  पृथ्वी शले ५१ रनको योगदान गरे ।

यसैबीच आईपीएलअन्तर्गत आज सनराईजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार

कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी

विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार बुधबार उदयपुरको...

संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, ३१ जेठ-संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, सिम्रन अग्रवाल फेरी उत्कृष्ट

विराटनगर । व्यवस्थापन संकायमा सर्वोउत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्काे सफलता हात पारेकी छिन् ।त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२ प्रतिशत अंक...

गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय १६ पुग्यो

पोखरा, २४ असार-गण्डकी प्रदेशमा बुधबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार...

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ ।  युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्