ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

 न्यूज विराट
ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् ।

सो अबसरमा मन्त्री चौधरीले आयोजना सम्पन्न भएपनि सो स्थानमा स्वच्छ पिउने पानि अभावको समस्या समाधान भएको बताए । उनले घर घरमा स्वच्छ पानि पुर्याउने नेपाल सरकारको लक्ष्य रहेकाले सरकारले त्यसका लागि व्यापक काम गरिरहेको बताए ।

सो आयोजनाको काम संघीय खानेपानि तथा ढल व्यवस्थापन आयोजना इलाम मार्फत चार करोड ७१ लाख रुपैयाँमासम्पन्न भएको हो । उक्त आयोजना अन्तर्गत स्कीम नम्बर १, २ र ३ को काम सम्पन्न भएको छ ।

सोही आयोजनाको बुधबार यद्घाटन गरिएको हो । त्यस्तै ४ र ५ नम्बर स्कीमको ८० प्रतिशत काम पुरा भएको संघीय खानेपानि तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सरतलाल चौधरीले जानकारी दिए । बुधबार उद्घाटन गरिएको आयोजनाबाट स्थानीय २३५ घरधुरीका १४ सय बढी जनता लाभान्वित हुने जनाइएको छ ।

उद्घाट कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुर्यराज कँडेल, सिरिजङ्गा गाउँपालिका अध्यक्ष टीकाराम गुरु, स्थानीय जनप्रतिनिधिहरु र लाभान्वित हुने स्थानीय सयौँ जनताको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

बुधबारदेखि सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती...

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्