अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

 न्यूज विराट
अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए पनि अहिलेसम्म नाम टुंग्याउन नसकेकामा लाज लागेको बताए ।

सरकारको कार्यकाल छोटो रहेको र प्रदेशसभाको दुईवटा अधिवेशन मात्र बाँकी रहेकाले आम जनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेको बताए । प्रदेशको नामकरणमा पनि चाँडै सहमति गरी टुंग्याउनुपर्नेमा उनको जोड थियो ।

स्वतन्त्ररूपमा पार्टीको धारणा आउने भएकाले छलफल गरेको बताउँदै राईले प्रदेशसभा सदस्यहरूले नामका सम्बन्धमा पार्टीको विचारअनुसार धारणा राख्ने उल्लेख गरे । नामकरणमा एकजुट हुन सबैलाई उनको आग्रह थियो ।

पहिचान, भूगोलको पहिचान र मिश्रित पहिचानका सम्बन्धमा तीन नामका विषयमा ललिचो भएर सहमतिका आधारमा दलहरूले आफ्नो दायित्व ठानेर छलफल गरी नाम टुंग्याउनुपर्ने राईले बताए । बहुदलीय व्यवस्थाको मूल मर्म सहकार्य र लचकता भएको चर्चा गर्दै राईले आवश्यक परे संयन्त्र बनाएर नियमित छलफल गरी नाममा सहमति कायम गर्न आग्रह गरे ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरण पेचिलो र जटिल भए पनि साझा सहमतिका आधारमा संघीयता र युग सुहाउँदो नामकरण गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले सरकारले साझा प्रस्ताव ल्याएमा छलफल गरी नामकरण टुंग्याउन तयार रहेको बताए ।

नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले नामका सम्बन्धमा विविधताभित्र एकताको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले प्रदेशमा बसोबास गर्ने नागरिकले अपनत्व स्वीकार गर्ने गरी नामकरण गर्नुपर्नेमा जोड दिए । हतारमा नभएर गम्भीररूपमा सुझबुझका साथ सहमति र सहकार्यका साथ निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

नेकपा (माओवादी) केन्द्रका हर्क नेम्वाङले पहिचानलाई विशेष महत्व दिएर छलफल गर्न जोड दिए । यथाशीघ्र प्रदेशको नाम दिनुपर्ने उनको भनाइ थियो ।

जनता समाजवादी नेपालका प्रदेश उपाध्यक्ष राजकुमार यादवले पार्टीका तर्फबाट पहिचानको आधारमा प्रदेशको नाम किराँत–लिम्बुवान, मधेस– शेपालुङ हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले संघीयताको आधार पहिचान हुनुपर्ने भन्दै सहमतिको आधारमा नामकरण गर्न आग्रह गरे ।

एकीकृत (समाजवादी) का प्रदेश अध्यक्ष बलदेव चौधरीले पहिचान, भूगोल र भाषा संस्कृतिका  आधारमा सबैलाई मान्य हुने नामकरण गर्नुपर्नेमा बताए ।

स्वास्थ्यमन्त्री जयराम यादवले सरकारले आफ्नो संयोजकत्वमा सर्वदलीय छलफलको आयोजना गरी प्रदेशको नामकरण टुङ्ग्याउन जिम्मेवारी दिएको बताए । सोहीअनुसार छलफल सुरु भएको चर्चा गर्दै यादवले आगामी दिनमा दलहरूबीच अझ विस्तृत र गहनरूपमा सहमति कायम गरी नाममा सहमति हुने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित समाचार

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

ब्राजीलद्वारा कोरोना तथ्यांक पुनः राख्न सुरु

एजेन्सी, जेठ २८-ब्राजीलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ बाट मृत्यु हुनेको तथ्यांक पुनः जोड्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो । दुई दिनअघि...

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण

मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...

विराटनगर–५ को वडाध्यक्षमा कांग्रेसका न्यौपाने निर्वाचित

विराटनगर, ६ वैशाख । विराटनगर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष न्यौपाने निर्वाचित भएका छन् । उनले एमालेका मीनकुमार आचार्यलाई फरासकलो मतान्तरले पराजित गरे । न्यौपानेले १९९४ मत प्राप्त गर्दा आचार्यले ९५९ मत मात्र प्राप्त गरे...

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं, जेठ २-काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र...

इटा उद्योग सञ्चालनका विषयमा विवादहुँदा दुहवीमा झडप

विराटनगर, चैत २३–सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ । झडपका क्रममा एकजना प्रहरीसहित १३ जना घाइते भएका छन् । दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा...

कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा

सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्