विराटनगरमा ५ सहित प्रदेश १ मा ६८ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ५ सहित प्रदेश १ मा ६८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगर र बुढीगंगामा ५–५, सुन्दरहरैचा, केराबारी र रतुवामाईमा १–१, झापाको कनकाईमा ३, दमक, भद्रपुर र मेचीनगरमा १–१, सुनसरीको इटहरीमा ३, रामधुनी र बराहक्षेत्रमा १–१, उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी र कटारीमा १–१, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६४ महिला र ६१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २११ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...

एमालेको कोशी अधिवेशन : मतदानको समय ५ बजे तोकियो, ३५ स्थानबाट मत हाल्ने व्यवस्था

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।...

गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाले लुट मच्चाएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहले गैरसरकारी संस्थाको...

विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो...

ग्रेडेडमा खेलकुद सप्ताहको बिजेता खेलाडीलाई पुरस्कार

विराटनगर । बिराटनगर ८ हाट्खोलामा आवस्थित ग्रेडेड स्कुलले खेलकुद सप्ताहको बिजेता विद्यार्थीहरु लाइ पुरस्कार वितरण गरेको छ । बिद्यालय परिसरमा आयोजित ऊक्त कार्यक्रममा नर्सरी देखि नौं कक्षासम्मका बिजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको...

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ...

सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव कायम अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिएका छन् । मोरङ व्यापार संघले बिहीबार बडादसैँ, शुभदीपावली, नेपाल...

सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्