आज तीन वटा प्रदेशमा पानी पर्नसक्ने

 न्यूज विराट
आज तीन वटा प्रदेशमा पानी पर्नसक्ने

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाकाे सम्भावना छ । प्रदेशका उच्च पहाडी तथा हिमाली केही स्थानमा हिमपात हुन सक्ने महाशाखाकाे अनुमान छ । बिहान तराई मधेसमा कुहिरो लागे पनि मध्यान्हसम्म घाम लाग्ने जनाइएको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अहिलेकाे माैसममा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी,...

अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी, ३५ स्कुलको सहभागि

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि...

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ...

मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाण्डौले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।उपाधिसँगै मच्छिन्द्रले...

पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् ।कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट...

कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक...

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्