२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

 न्यूज विराट
२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ ।

मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री राईलाई २० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । नेपाल उत्पीडित जायीय मुक्ति समाज केन्द्रीय कमिटीले ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सर्कुलर जारी गरेको थियो ।

सोही सर्कुलर बमोजिम मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेशका जिल्ला विभिन्न जिल्लामा जातीय विभेद तथा छुवाछुतका घटना तीब्ररुपमा बृद्धि भइरहेकाले दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको सजाय र पिडित पक्षलाई क्षतीपूर्तीसहित न्याय दिन माग गरिएको छ ।

त्यस्तै अन्तरजातीय विवाहकै कारण दलित समुदायको हत्या, कुटपिट र वेपत्ता पारिनेजस्ता जघन्य अपराधका घटनामा समेत बृद्धि भइरहेकाले त्यसलाई कानुनी दायरामा ल्याएर सम्मानित जिवनयापनको वातावरण बनाउन माग गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोम पोर्तेलले बताए ।

त्यसैगरी ज्ञापनपत्रमा आभारभूत तहदेखि, उच्च शिक्षा र प्राविधिक शिक्षा क्षेत्रमा प्रयाप्त छात्रबृत्तिको व्यवस्था र वितरण गरिने छात्रबृत्तिमा हुने अनियमितताको अन्त्य गर्नसमेत माग गरिएको छ ।

त्यस्तै विदेशमा उच्च शिक्षा पढ्न पाउने छात्रबृत्ति कोटामा दलित विद्यार्थीलाई प्रथामिकताका साथ समावेश गर्नुपर्ने, संघीय सरकार मार्फत अघि सारिएको भगत सर्वजित राष्ट्रिय शिप विकास कार्यक्रम अनियमितता तथा अन्य शिर्षकमा रकमान्तर गर्ने कार्य तुरुन्त बन्द गरि लक्षित समुदाय र तोकिएको शिर्षकमा मात्र लार्गु गर्न, भूमिहिन दलित सुकुम्बासीलाई जमिन उपलब्ध गराउन निष्पक्ष ढंगले कार्यान्वयन गर्नुपर्ने, प्रदेश सरकार मार्फत सञ्चालित जनता आवास कार्यक्रममा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्नुपर्ने, छुवाछुत कसुर सजाय ऐन प्रभावकारी कार्यान्वयन गर्न र गराउन सरकारी वकिलको कार्यालयहरु, सम्बन्धीत प्रहरी कार्यालय, सरोकारवाला पक्षलाई शसक्रिकरणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने मुक्ति समाज प्रदेश १ ले माग गरेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको संयोजकत्वमा रहेको जातीय भेदभाव अन्त्य एवम् दलितहरुको अधिकार प्रवद्र्धन संयन्त्रलाई कृयाशिल गराउनुपर्ने, सवै प्रहरी कार्यालयमा छुट्टै प्रहरी सेल स्थापना गर्नुपर्ने, राष्ट्रिय दलित आयोग, उत्पीडित दलित विकास समिति र वादी विकास समितिलाई तुरुन्त पूर्णता दिनुपर्ने, सरकारी सेवामा सहज प्रवेशका लागि तयारी कक्षा सञ्चालन गर्न बजेटको व्यवस्था गर्नुपर्ने, राज्यका सवै तहमा जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशलाई भव्यताका साथ आयोजना गर्न, सवै प्रदेशमा एकिकृत दलित शसक्तिकरण ऐन निर्माण गरि प्रभावकारी ढंगले लागु गर्नुपर्ने, तीनवटै तहको निर्वाचन प्रणलीमा दलित समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चीत गर्न सुरक्षित निर्वाचन क्षेत्र सम्बन्धी कानुन निर्माण गरि लागु गर्न ज्ञापनपत्रमा मुक्ति समाजले माग गरेको छ ।

त्यस्तै जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी अपराधमा ३ देखि १० वर्षसम्म कैद सजाय, १ देखि ५ लाखसम्म क्षतीपूर्ती दिलाउन र प्रमाणको भार प्रतिवादीमा रहने गरि ऐन शंसोधन गर्न, संविधानको धारा २४ र ४० को प्रभावकारी कार्यान्वयनको लागि एकिकृत कानुन अबिलम्ब निर्माण गर्नुपर्ने, स्थानीय तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्नुपर्ने, सवैको पहुँच पुग्नेगरी कोरोनाविरुद्धको खोप र स्वास्थ्य सतर्कताको प्रवन्ध गरिनुपर्ने, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुखी नेपाली, समृद्ध नेपालको अवधारणा एवम् विकासका योजनाहरुलाई निरन्तरता दिनुपर्ने र मुलुकमा व्याप्त भ्रष्टाचार, घुसखोरी, महंगी, बजेट घाटा तथा आर्थिक दुरुपयोग तत्काल बन्द गर्न मुक्ति समाजले माग गरेको छ ।

उल्लेखित मागहरु तत्काल पुरा गर्न मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई आग्रह गरेको छ । आफ्ना मागवारे बेवास्ता गरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने मुक्ति समाजले चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले मुक्ति समाजले जायज मागहरु उठाएकाले प्रदेश सरकारले अधिक्तम सम्बोधन गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री राईलाई मुक्ति समाज स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज खेम नेपालीले बुझाएका थिए ।

सो अबसरमा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोम पोर्तेल, केन्द्रीय सदस्य सावित्रा परियार, केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज जीत नारायण सरदार, केन्द्रीय सदस्य दिपेन्द्र पासवान, मोरङ अध्यक्ष किशोर विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् । परीक्षणमा सहभागी हुने...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने

काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...

ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो...

प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १८ असार-सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जापान सरकारले दिने...

लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् । उनीबिरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्