केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु

 न्यूज विराट
केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु

विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार मात्र विराटनगर आइपुगेका मेयर पराजुलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहिलो कार्यकालमा कोरोना महामारी र बाढीका कारण प्रयाप्त काम गर्न नपाएकाले दोस्रो पटक मेयर भएर अधुरा कामहरु गर्ने बताएका हुन् ।

उनले अहिलेको आफ्नो पहिलो कार्यकालमा बाँकी रहेका महत्वपूर्ण योजनामध्ये बुधनगरस्थित भेडियारीको महाभारतकालिन विराट राजाको दरबार निर्माण गर्ने बताए ।

मेयर पराजुलीले निर्वाचनमा पराजय भएका सबैलाई समेटेर अघि बढ्ने समेतबताए । केन्द्रीय सदस्य निर्वाचित भएर विराटनगर आएका मेयर पराजुलीलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

कोशीमा गठबन्धनले सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनले बलमिच्याइँ गरेर फोहोरी खेल खलेको उनले आरोप लगाए । नेकपा एमालेको कोशी प्रदेश कमिटीको...

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

निम्न वर्गलाई राहत दिने गरी बजेट आयोः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि पत्रकारसँग कुरा गर्दै...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्