भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

 न्यूज विराट
भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं, मंसिर २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।

समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गर्नुभएको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

“भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ”, उहाँले भन्नुभयो, “सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ । सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ ।”

बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उहाँको भनाइ रहेको छ । “अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ । यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ । त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने छ”, उहाँले भन्नुभयो ।

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ ।

विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन । “अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनुपर्दछ । त्यो सबै जनसङ्ख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको छ,” उहाँले भन्नुभयो । नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।

कोभिशिल्ड छ लाख मात्रा आयो, मोडर्ना आउँदै

कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उहाँले बताउनुभयो ।

यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उहाँले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइन्छ । सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ ।

सम्बन्धित समाचार

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

कडा निगरानीमा उपत्यकाका सडक

काठमाडौं, १ जेठ-उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पाससमेत रद्द गरेको सरकारले सडकमा सुरक्षाकर्मीको संख्यासमेत बढाएको छ । शनिबारदेखि लागू हुनेगरी पास रद्द गरेको सरकारले आजैबाट सडकमा आउजाउमा...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

वीपीमा थप एक पुरुषको संक्रमणबाट मृत्यु

विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...

मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे भएन छलफल

मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने प्रस्तावमा छलफल नै नभई बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे प्रस्ताव नआएको एक मन्त्रीले बताए । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकबाटै...

सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्