कांग्रेस प्रदेश १ अधिवेशनः १७५२ मत खस्यो, मतगणना भोलि

 न्यूज विराट
कांग्रेस प्रदेश १ अधिवेशनः १७५२ मत खस्यो, मतगणना भोलि

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि झण्डै ७ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो ।

मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम छुटेर विवाद भएपछि मतदान रोकिएको थियो ।

छुटेका उम्मेदवारको नाम राखिएपछि सुरु भएको मतदान साढे ७ बजे सम्पन्न भएको हो । कुल १८०४ मतदातामध्ये १७२२ मत खसेको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए ।

थापाका अनुसार मत गणना आइतबार बिहानदेखि सुरु हुनेछ । विराटनगरस्थित नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा बिहान ८ बजेपछि मत गणना सुरु हुने निर्वाचन समितिका अधिकृत थापाले जानकारी दिए ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री निर्वाचित गर्नेछ । सहमहामन्त्रीमा २ महिला र २ खुल्ला निर्वाचित हुनेछन् ।

नेपाली कांग्रेस प्रदेश १ को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता भएको थियो । सभापतिमा पार्टी संस्थापन पक्ष (देउवा‒सिटौला समूह) बाट झापाका उद्धव थापा र कोइराला–पौडेल समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

मोरङ ४ मा कडा प्रतिस्पर्धा, तेस्रो पटक संसद छिर्ने मोदीको दाउ, जितको खोजीमा ढकाल

विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...

झीः पुचमा सामूहिक बेल विवाहको रौनक (फोटो फिचर)

विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च...

निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई मान्यता दिएन

काठमाडौं, ११ माघ-निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई आधिकारितको दाबी अभिलेखीकरण गराउन नमिल्ने जानकारी गराउने भएको छ ।  आज बसैको आयोगको बैठकले दुवै पक्षबाट प्रस्तुत भएका कागजपत्र र जवाफका आधारमा आधिकारिकताको दाबी गराउन नमिल्ने ठहर...

फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...

गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्