सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

 न्यूज विराट
सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन् । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले अधिवक्ता पोखरेललाई संवेदनशील अंगमा बुट प्रहार गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चको मूल गेट अगाडि धर्नामा बस्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले दमन गर्दै आएको छ । यसअघि बिहीबार पनि प्रहरीसँगको घम्साघम्सीमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ६ जना कानुन व्यवसायी घाइते भएका थिए ।

बार एसोसिएसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएको छ ।

सम्बन्धित समाचार

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं, १२ साउन-नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत कार्य गरेको आरोपमा प्रभावशाली नेताहरूलाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेस अनुशासन समितिले गत स्थानीय, प्रदेश र संघीय संसदको...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट...

रघुराम श्रीनिवास क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त

काठमाडौं, १७ माघ । राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्