विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना गरी १४ जना सर्वसम्मत चयन भएका हुन् ।
खुलातर्फ तुलसीप्रसाद न्यौपाने, मुरारीप्रसाद खतिवडा, जीतबहादुर घिमिरे, भीम लिंखा, विदुर लिङ्थेप, भविश्वर गुरुङ, वीरेन्द्र केसी र विपिन तामाङ सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी महिलातर्फ भीमादेवी राई, सीता दाहाल, मनमाया तामाङ र रिता घिमिरे कटुवाल चयन भएका छन् । दलितबाट खड्गबहादुर सुनार र पेशागत महासंघबाट गोमादेवी कटुवाल ढुंगाना सर्वसम्मत निर्वाचित भएको एमाले नेता तथा प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए ।