अफगानिस्तानमा साढे तीन सय नेपाली उद्धारको पर्खाइमा

 न्यूज विराट
अफगानिस्तानमा साढे तीन सय नेपाली उद्धारको पर्खाइमा

लन्डन, कात्तिक ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, अधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आआफ्ना भनाइ राख्नुभएको छ । स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा करिब तीन सयजना नेपालीहरू रहेको बताउनु भयो । तीमध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको उहाँले बताउनु भयो । अधिकारीले नेपालीहरूले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए ।

अधिकारकर्मी घइस गिलानीले फगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताउनु भयो । उहाँले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड१९ विरुद्धको खोपमा पहुँच रहेको बताउनु भयो । उहाँले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरू पाकिस्तानतर्फ पलायन भएको र तालिवानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुईजना नेपालीले आत्महत्या गरेको जानकारी दिनुभयो । अफगानिस्तानमा तालिवानले सरकार कब्जामा लिए पछि एक हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा छन् । विभिन्न कम्पनीमा १५ सयभन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्