इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनले कराडा जिल्लामा भएको क्रूरता र अन्य घटनाका पछाडि पनि इराककै बासिन्दा रहेका उनको संलग्नता रहेको दाबी गरेका छन् ।
बगदादको कराडा जिल्लामा भएको हमला सन २००३ मा भएको अमेरिकी हमलापछिको सबैभन्दा घातक विस्फोट थियो ।
२०१६ मा एक शपिंग सेन्टर नजिकै रमजानको महिनामा साँझको रोजा खोलेलगत्तै बाहिर घुम्न आएका मानिसहरूमाथि विस्फोटक पदार्थले भरिएको ट्रक चढाइएको थियो ।
कैयौँ मानिसहरूको विस्फोटपछि भवनमा लागेको आगोमा परी ज्यान गएको थियो । प्रधानमन्त्री मुस्तफाले भने, ‘हाम्रा मानिसको रगत बगाउनेलाई पक्राउ गरेर ल्याउनु एक राष्ट्रिय कर्तव्य हो ।’