एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय ‘बाबा’ रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ ।
सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको अदालतले ठहर गरेको हो । रामरहिम प्रमुख रहेको डेरा सच्चा सौदामा रञ्जित मेनेजरको रुपमा कार्यरत थिए ।
रामरहिम बाहेक सजाय पाउनेमा अवतार सिंह, कृष्ण लाल, जसबीर सिंह र सब्दिल सिंह छन् । अर्का आरोपी इन्दर सेनको भने मृत्यु भैसकेको छ ।
अदालतले रामरहिमलाई ३१ लाख बिगो रकम समेत तिर्नुपर्ने अदालतले ठहर गरेको छ । यस्तै सब्दिलले डेढ लाख, जसवीर र कृष्णले समान १ लाख २५ हजार र अवतारले ७५ हजार बिगो तिर्नुपर्ने अदालतको निर्णय छ ।
सो बिगो रकमको ५० प्रतिशत भने पीडितका परिवारले पाउने छन् ।
रामरहिम हाल रोहातकस्थित सुनारिया जेलमा बलात्कारको अभियोगमा सजाय काटिरहेका छन् । उनले सन् २०१७ मा दुई चेलीलाई बलात्कार गरेको पुष्टि भइ जेल परेका हुन् ।
यसअघि पनि रामरहिमलाई पत्रकार रामचन्दर छत्रपतिको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइ सकिएको छ । (टाइस्म अफ इन्डियाको सहयोगमा)