ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

 न्यूज विराट
ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

कार चालक राजनलाई उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए । ट्याङ्करका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्