महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

 न्यूज विराट
महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ ।
कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा गर्ने निर्णय गरिएकोे छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।
महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुनेहँुदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पु¥याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ ।
बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

सम्बन्धित समाचार

प्रेसिडेन्ट कपको उपाधि डिपिएस स्कुललाई

विराटनगर । अन्तर विद्यालय यु–१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित दिल्ली पब्लिक स्कुल(डिपिएस) ले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा टाइब्रेकरमा अपूर्ण स्कुललाई ६–५ गोलले पराजित गर्दै डिपिएसले उपाधि जितेको...

कोकाकोला उत्पादक कम्पनीमाथि राजस्वको छानबिन

काठमाडौं, ८ साउन । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री...

सफ्ट टेनिसको उपाधि श्रेया र आशिषलाई

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले...

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २० वैशाख-देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्