मौरीपालन व्यवसाय : दामसंगै नाम

 न्यूज विराट
मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
सुरुमा तीन घारबाट व्यवसाय थाल्नुएका उहाँले अहिले सेरेना जातका मौरी सहित ९० घार पु¥याइसक्नु भएको छ । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढ्नु भएका उहाँले ‘दामसंगै नाम ’ पनि कमाउन सफल बन्नु भएको छ ।
साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर मह र मौरी बिक्री गरेर बार्षिक रु आठ लाख ५० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
बिगत एक दशकदेखि सो व्यवसायमा लाग्नु भएका जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा व्यवसायी मिश्र पर्ने गरेकोले मौरी पालन गर्नेलाई उहाँको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय बृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताउनुभयो । पछिल्लो समय उहाँको मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेका छन् ।
मह मानाको रु एक हजारका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ । उहाँले भन्नुभयो “यस बर्ष धेरै परेकोले मौरीले मह सङकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ ।”
यस बर्ष पानी धेरै परेकोले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो सयम मौरी पाल्न चाहने किसानलाई प्रतिघार रु.दश हजारमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने,कसरी जोगाउने भन्ने लगायतका बिषयमा पनि जानकारी दिने गर्न थाल्नुभएको छ । उहाँले भन्नुभयो “ कर्म गर्न लाज मान्नुहुन्न स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ । ”

सम्बन्धित समाचार

प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत, को बन्ला मुख्यमन्त्री ?

विराटनगर । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै प्रदेश १ को राजनीति समीकरण फेरिएको छ । एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ ।अहिले नयाँ गठबन्धनका कारण...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं, २३ जेठ-विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान...

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे । डाक्नेश्वरी...

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्