आज घरघरमा भित्र्याईंदै छ फूलपाती, यस्तो छ बिधि

 न्यूज विराट
आज घरघरमा भित्र्याईंदै छ फूलपाती, यस्तो छ बिधि

काठमाडौं, असोज २६ । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

रोटरी क्लबद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा २ देखि १४ वर्षसम्मका...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

एजेन्सी, बैशाख २८-जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।...

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...

कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना पुष्टि

बुटवल, ७ जेठ-आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवाको गुहबाली अनुसन्धान केन्द्रमा गरिएको पीसीआर परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले  बताए...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्