७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

 न्यूज विराट
७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ४२ अंकमा आइपुगेको छ ।

कारोबार सुरु भएको ३० मिनेटमा ४१ अंकले घटेको नेप्सेले त्यसपछि पनि आजकै उच्चतम विन्दु कायम गर्न पुग्यो । त्यसपछि ११ बजेर ४८ मिनेट पुग्दा पुन: नेप्से ५२ अंकले बढेर २६९४ विन्दुमा पुग्यो । यसरी अस्थिर बनेको नेप्से २६६४ अंकमा पुगेपछि भने निरन्तर ओरालो लाग्दा २६१५ अंकमा आइपुगेको हो ।

मंगलबार कारोबारमा आएका २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा किनबेच भयो ।

नेप्से सूचकको निरन्तर गिरावटसँगै कारोबार रकम भने संकुचित बन्दै गएको छ । निरन्तर शेयरबजार राताम्मे बनेसँगै लगानीकर्ता अन्योलमा देखिन्छन् भने पर्ख र हेरको नीति अपनाउँदा पनि कारोबार रकममा वृद्धि हुन सकेको छैन ।

राताम्मे बजारमा उपसमूहतर्फ वित्त समूहको सूचक धेरैले घटेको छ । यो समूहको सूचक ७ दशमलव ३७ प्रतिशतले घटेको छ भने यससँगै हाइड्रोको ४ दशमलव ७४, लगानी ३ दशमलव ९३, निर्जीवन बीमा २ दशमलव ७८, माइक्रोफाइनान्स २ दशमलव २३ प्रतिशतले सूचक घटेको छ ।

कारोबारमा आएका सबै समूह राताम्मे बन्दा १ सय ७३ कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतले शेयरमूल्य बढ्दा मैलुङ खोला जलविद्युत्‌को ९ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको छ । घट्नेमा भने हिमालयन पावर र नेपाल हाइड्रो डेभलपर्सको १० प्रतिशतले शेयरमूल्य शेयरमूल्य घटेको छ । गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावरलगायतका कम्पनीको भने सर्किट लेबलमै मूल्य घटेको छ ।

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको भव्य तयारी, पहिलो अडिसन जेठ १३ गते हुँदै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । जय मिडिया...

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो । सहायक सामाग्री अन्तर्गत...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।...

प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्