गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने

 न्यूज विराट
गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने

काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

‘गुलाव” नामक शक्तिशाली चक्रवात‍  १० असाेजमा उडिसाको जमिनमा अवतरण भई पश्चिम दिशातर्फ अगाडि बढिरहेको पनि माैसमविद्ले जानकारी दिएका छन् ।

‘यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौँ’, महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख ।

महाशाखाले मंगलबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने पनि जानकारी दिएकाे छ । मुलुकका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका हुन् ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालमा हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविदले बताएका छन् ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जारी सूचनमा उल्लेख छ ।

सम्बन्धित समाचार

विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...

होलीमा नियम उल्लघंन गर्ने कोशीमा ८७० सवारी कारवाहीमा, मोरङमा मात्रै २५६

विराटनगर । होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधनलाई कारवाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तराइमा सोमबार भएको होली पर्वमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधन कारवाही गरेको...

नेकपाका बहुमत सचिवालय सदस्य स्थायी समिति बैठक बोलाउने तयारीमा

काठमाडौं ३ मंसिर-नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षले आजको सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने तयारी गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच बस्ने तयारी भएको बहुमत सचिवालय सदस्यको बैठकले स्थायी...

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

औषधी व्यवसायी संघको स्थपाना दिवसमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...

एसईईको नतिजा आज आउँदै

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्