विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

 न्यूज विराट
विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अदालतले समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।

रिट निवेदक भट्टले पूर्वसूचनाबिनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाइ छुटेको तथा विद्युत् अनियमित हुँदा आम नागरिकले दुःख पाएको जनाउँदै प्राधिकरणविरुद्ध रिट दायर गरेकी थिइन् । न्यायाधीशद्वय राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले विद्युत् आपूर्ति सेवालाई नियमित, भरपर्दो र विश्वसनीय बनाउन कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्न आदेश दिएको हो ।

समितिमा प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय कर्णाली प्रदेश कार्यालयका प्रमुख, प्राधिकरणका प्राविधिक विज्ञ, वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि र नागरिक समाजका एक जनालाई सदस्य बनाउन भनिएको छ ।

आदेशमा भनिएको छ, ‘प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र हालको आपूर्ति, माग र वितरणको अवस्था, मागबमोजिम विद्युत्को नियमित आपूर्ति र वितरण हुन नसक्नुको समस्या र कारणहरु के–के हुन्, विद्युत् आपूर्ति र वितरणलाई नियमित, सहज, सरल र भरपर्दो तुल्याउन के–कस्ता भौतिक पूर्वाधार संरचनाको आवश्यकता पर्छ, हालको अवस्था कस्तो छ, पहिचान भएका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय समेटेर प्रतिवेदन पेश गर्नू’, आदेशमा समिति गठनका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन पनि भनिएको छ । रासस

सम्बन्धित समाचार

नेपालमा ७८६ पुरुष र ९१ जना महिलाले जिते कोरोना

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढिरहेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया ब्रिफिङमा थप १६ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० सहकारी कारवाहीमा परेको छ । गैह्र कार्यक्षेत्रमा लगानी गर्ने र सहकारी ऐनअनुसार काम कारबाही नगरेको अनुगमनको क्रममा १० वटा सहकारी भेटिएपछि कारबाहीको दायरामा ल्याएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत...

गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने बाबा रामदेवको दावी

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले...

आइटिएफ तेक्वान्दोको सेमिनार सुरु, २ सय ६५ जना खेलाडीको सहभागि

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् ।मन्त्री...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्