सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

 न्यूज विराट
सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए ।

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले जानकारी दिए ।

काेशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उनले बताए ।

खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको स्थानीयवासी साहले बताए ।

केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

कटहरी ४ को स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो । उक्त भवनको...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

कल बाइपास गर्ने १ जना पक्राउ

काठमाडौं, १३ साउन-अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने १ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि- ५, ताहाननीका हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको...

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । ‘आरडीटी गर्दा...

मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा भिड, पाँच दिनमा ७ करोड बढीको कारोबार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खनाल चयन, लेखा समिति संयोजकमा निधी

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्