विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

 न्यूज विराट
विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

सिरहा, ५ असोज । श्रीमानकाे हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ । महरा दम्पतीको चार छोराछोरी छन् । वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए ।

श्रीमानले मदिरा सेवन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै कुटपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त

बुटवल, ३० जेठ-प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ । नेपाल सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई...

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना पुष्टि

बुटवल, ७ जेठ-आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवाको गुहबाली अनुसन्धान केन्द्रमा गरिएको पीसीआर परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले  बताए...

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

उत्कृष्ट विद्यार्थीलाई अर्किड कलेजको सम्मान (फोटो फिचर)

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई...

मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्