रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

 न्यूज विराट
रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल असार १२ गतेको को फैसलाले कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएर फरार रहेका मोरङको रंगेली र सुनवर्षीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाएको हो । पक्राउ पर्नेमा सवारी ज्यान मुद्धाका रंगेली नगरपालिका वडा नं.–२ विवियाविर्ता का ३५ को सत्यलाल उराव रहेका छन् ।

त्यस्तै कुटपिट तथा लुटपाटमा संलग्न सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल, सोही ठाउँका २३ वर्षीय सुरज भुजेल, ५८ वर्षीय उसमान मिया, २८ वर्षीय रमजान मिया, ४८ वर्षीया अन्जु खातुन, ४८ वर्षीय उवारन खातुन, ३० वर्षीय अव्वास मिया, २७ वर्षीय फुच्चे मिया, ३१ वर्षीय कैलु मिया र ३५ वर्षीय साहजवि खातुन रहेका छन् ।

सम्बन्धित समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय स्थापना गरिने

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण तथा संचालन गर्ने कार्यक्रम रहेको बताएकी हुन् । उनले...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा भिड, पाँच दिनमा ७ करोड बढीको कारोबार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्