५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

 न्यूज विराट
५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

विराटनगर, ३१ भदौ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ ।

राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाले जानकारी दिनुभयो ।

प्रदेश–१ को धरान, रंगेली, निमुवासहित काठमाडौं, भैरहवा, वीरगञ्ज, चितवन, धनगढीलगायतका स्थानमा बालदिवसका अवसरमा खेलकुद प्रतियोगिता, चित्रकला प्रतियोगिताका साथै स्टेशनरी सामग्री र खाजा वितरण गरेको साहेवालाले जानकारी दिनुभयो ।

राउण्ड टेबलका विभिन्न टेबलरहरुको सहभागिता रहेको कार्यक्रममा प्रतियोगिताका विजयीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । राउण्ड टेबल नेपालले विभिन्न विद्यालयको संरक्षण गर्दै आएको छ ।

राउण्ड टेबलले खानेपानी लगायतको व्यवस्थासहित विद्यालयको सौन्दर्यतामा जोड दिदै विद्यालयको नयाँ भवनसमेत निर्माण गरिदिएको छ ।

सम्बन्धित समाचार

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

काेशी नाम सच्याएर बहुपहिचानसहितकाे नाम राख्न माओवादीकाे माग

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिकाे पाँचौं बैठकले प्रदेशकाे नाम खारेज गर्दै बहुपहिचानकाे आधारमा राख्न माग गरेकाे छ । साउन ३१ गते विराटनगरमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । निर्णय सार्वजनिक...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्