विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ ।
कुन वडामा कति संक्रमित ?
–विराटनगर १ मा ५ जना
–विराटनगर २ मा ६ जना
–विराटनगर ३ मा १२ जना
–विराटनगर ४ मा ३ जना
–विराटनगर ५ मा ८ जना
–विराटनगर ६ मा ७ जना
–विराटनगर ७ मा ४ जना
–विराटनगर ८ मा ६ जना
–विराटनगर ९ मा ० जना
–विराटनगर १० मा २ जना
–विराटनगर ११ मा ३ जना
–विराटनगर १२ मा ० जना
–विराटनगर १३ मा १ जना
–विराटनगर १४ मा १ जना
–विराटनगर १५ मा १ जना
–विराटनगर १६ मा ० जना
–विराटनगर १७ मा ० जना
–विराटनगर १८ मा ० जना
–विराटनगर १९ मा ० जना
र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।