प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

 न्यूज विराट
प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा ताप्लेजुङका बलबहादुर साम्सुहाङलाई नियुक्त गरेका थिए ।

उनीहरु दुवैले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयलमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

माधव नेपालको पक्षमा खुल्दै आएका दुवैजना बिहिबारदेखि कित्ता क्लियर गर्दै एमालेमै बस्ने निर्णय गरेका थिए । मुख्यमन्त्री बनेको एकदिन पछि आचार्यले शुक्रबार पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेका हुन् ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...

आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

काठमाडौं, फागुन २२–समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्