वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

 न्यूज विराट
वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।

वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका छन् । कार्यालय प्रवेश गर्न नपाएपछि महाप्रबन्धक पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको हो ।

स्रोतका अनुसार मन्त्रालयमा हाजिरका लागि मात्रै बोलाइएको र उनका लागि कार्यकक्ष दिइएको छैन ।मन्त्रिपरिषद्‍को निर्णयबाट नियुक्त गरिएकाले उनलाई सचिवस्तरीय बैठकबाट भने सुरूवा गर्न सकिँदैन । यद्यपि निगममा प्रवेश नपाएपछि उनलाई मन्त्रालयमा आएर हाजिर हुन भनिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २१ असोज २०७७ मा महाप्रबन्धकमा नियुक्त भएका उनलाई नयाँ सरकार गठन भएसँगै हटाउने तयारी गरिएको छ । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाप्रबन्धक पौडेललाई हटाउने संकेत गरेका थिए ।

वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले निगमलाई निजीकरण गर्ने काम आपराधिक क्रियाकलाप भएको भन्दै गलत काम गर्नेहरूलाई सरकारले हटाउने नीति लिएको बताएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा पनि वायुसेवा निगम कमजोर व्यवस्थापनका कारण निरन्तर घाटामा गएको भन्दै व्यवस्थापकीय पाटोमा सुधार गर्ने उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...

चीनमा थप ३६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ ।...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्