भारतीय अभिनेता दिलीप कुमारको निधन

 न्यूज विराट
भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे खबरले त्यहाँकाे चलचित्र जगत शोकमा डुबेकाे छ ।

गत वर्ष दिलीप कुमारका दुई भाइ ८८ वर्षीय असलम खान र ९० वर्षीय एहसान खानकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे थियाे । दिलीप कुमारकाे जन्म ११ डिसेम्बर १९२२ मा पाकिस्तानमा भएकाे थियाे । उनकाे नाम पहिला यूसुफ खान थियाे । पछि उनले पर्दामा दिलीप कुमारकाे नामबाट ख्याती कमाए । नामचाहिँ उनले एक प्रोड्यूसरकाे सुझावअनुसार फेरेका थिए ।

दिलीप कुमारकाे सुरुआती पढाइ नासिकमा भयाे । पछि उनले फिल्महरूमा अभिनय गर्ने निर्णय लिए । र, सन् १९४४ मा रिलीज भएकाे फिल्म ज्वार भाटादेखि डेब्यू गरे । सुरुआती फिल्म नचले पनि अभिनेत्री नूर जहाँ र उनकाे जोडी धेरैले मन पराए ।

जुगनू दिलीप कुमारकाे पहिलाे हिट फिल्म हाे । दिलीपले लगातार कैयाैँ हिट फिल्म दिएका छन् । उनकाे फिल्म मुगल-ए-आजम त्याे बेला सबैभन्दा बढी कमाइ गरेकाे फिल्म थियाे । अगस्ट १९६० मा रिलीज भएकाे याे फिल्म त्याे बेलाकाे सर्वाधिक महँगाे लागतमा बनेकाे थियाे ।

सम्बन्धित समाचार

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ । बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...

कालिकोटमा एक हजार बेडको क्वारेन्टाइन निर्माण

सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् । जिल्लाका नौ...

सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा...

डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय...

निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य...

२४ हजार नाघ्यो कोरोना परीक्षण, १६ जनामा मात्रै संक्रमण

काठमाडौं, ५ वैशाख-सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाएको जनाएको छ । दायरा बढाउँदै २४ घण्टाको अवधिमै ४ हजार ८ सय २२ वटा जनाको परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्