रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् ।

दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर डाउन टाउनका नेतृत्व गरेकी हुन् । २०२१/०२२ का लागि नयाँ टिमको नेतृत्व गरेकी संचिताले पछिल्लो वर्षहरु सचिवको  रुपमा काम गरिसकेकी छिन् ।

त्यस्तै क्लबको सचिवको जिम्मेवारी अनिता मूण्दडा (सारडा) ले प्राप्त गरेकी छिन् । सो क्लबले विपन्न वर्गका परिवारलाई खाद्यान्न वितरण, विभिन्न आश्रमहरुलाई सहयोग, कोरोना माहमारीमा स्वास्थ्य सामाग्री वितरण, शिक्षा, वातावरण, स्वास्थ्य, महिला स्वावलम्वनलगायतका सामाजिक कार्य नियमित गर्दै आइरहेको छ ।

अध्यक्ष चयन भएपछि जैनले आफ्नो नेतृत्वमा क्लबलाई थप नयाँ उचाइमा पुर्याउने बताएकी छन् । उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण र आपतकालीन कामहरु गर्ने बताइन् ।

सम्बन्धित समाचार

पैसा नदिएको भन्दै रड प्रहार गरी बुबाको हत्या

धनुषामा गएराति १ युवकले बुबालाई रड प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको शहीदनगर नगरपालिका–९ का ३० वर्षीय नथुनीले ५५ वर्षीय बुबा सुखिया सदालाई रड प्रहार गरी हत्या गरेका हुन् ।...

इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर। इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

विराकटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

तिब्बतबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसका विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तिब्बतले १० हजार एन ९५ मास्क,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्