विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ । विराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन कार्की विरूद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले मोरङ अदालतमा अभियोग गराएको हो ।
सरकारी वकिलको कार्यालयले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) को कुसरमा रविनलाई सोही ऐनको दफा १६१(२) को बमोजिम तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवनाका माग दाबी राखेर अदालतमा अभियोग दर्ता गराएको हो ।