साइबर अपराधअन्तर्गत कारबाही माग्दै रूपा सुनारले दिइन् ९ अनलाइनविरुद्ध उजुरी

 न्यूज विराट
साइबर अपराधअन्तर्गत कारबाही माग्दै रूपा सुनारले दिइन् ९ अनलाइनविरुद्ध उजुरी

सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् ।

काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नाबारेमा भ्रम फैलाएको भन्दै उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रूपमा उजुरी दिएका छन् । उनले जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्‍याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीको माग गरेकी छन् ।

‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ,’ उनले उजरीमा लेखेकी छन्, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु ।’

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् । विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे...

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...

तीन सातामै चालक अनुमतिपत्रका लागि चार लाखले दिए आवेदन

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले ८ कात्तिकदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा...

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश...

वनवासा र टनकपुरमा अलपत्र नेपाली घर आउन पाउने

काठमाडाैं, २४ वैशाख-भारतीय सीमानाका वनवासा र टनकपुरमा अलपत्र परेका नेपालीलाई सरकारले स्वदेश ल्याउने भएको छ । ३५ दिनदेखि लकडाउनका कारण कञ्चपुरको भीमदत्त नगरपालिकासँग जोडिएका सीमानाका वनवासा र टनकपुरका अलपत्र नेपालीलाई आवश्यक स्वास्थ्य जाँचपछि स्वदेश ल्याइने...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्