रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

 न्यूज विराट
रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो ।

घर नजिकै रहेको पिठारीको रुख मुनि बसिरहेको बेलामा अचानक चट्याङ लागेर घाइते भएका रायलाई उपचारका लागि रंगेली अस्पताल पु¥याउनना साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लगेर अन्य चार जना घाइते भएका छन ।

स्थानीय २६ बर्षीय रविन मंण्डल, ५५ बर्षीय अशोक मंण्डल, १७ बर्षीय विजय मंण्डल र २५ बर्षिया संगिता यादव समेत घाइते भएको प्रहरी निरिक्षक खड्काले बताउनुभयो । उहाँका अनुसार घाइते सवैको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

विराटनगरको विरोधसमा माधव नेपालले भने ‘निर्वाचन आयोगले ओलीको सिंङ–जुरो भाँची दियो

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...

लकडाउन पछि अन्तर्राष्ट्रिय उडान : ११ हजार जना भित्रिए, १३ हजार बाहिरिए

काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र  चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु  नेपाल प्रवेश गरेका छन्।...

ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष

विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...

जलमग्न विराटनगरको दक्षिणी क्षेत्र

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्