कटहरीका व्यापारी सञ्जय करवामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिन नमानेको गुनासो

 न्यूज विराट
कटहरीका व्यापारी सञ्जय करवामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिन नमानेको गुनासो

विराटनगर, ६ असार । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो ।

पुरानो रिसिबिलाइ लिएर कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको करवाले आइबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बताएका छन् । कुटपिटबाट करवाको टाउँकोमा गहिरो चोटपटक लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गर्दा करवाको टाउँको ६ टाँचा लगाइएको छ ।

मरणसन्न हुनेगरि कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी सञ्जयकुमार करवाले गुनासो गरेका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै करवाले टाउँमा चोटपटक लागेको देखाउँदै कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरेका हुन् । आफूलाई आक्रमण गर्ने बाबुछोरा पहुँचवाला भएकोले प्रहरीले जाहेरी लिन नमानेको उनको गुनासो छ ।

कटहरी २ मा जमिन भएपनि सञ्जयकुमार करवा विराटनगरमा ७ मा बस्दै आएका छन् । हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी २ मा करवाको ३ कठ्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइएको थियो ।

२९ जेठमा पसल बनाउन जग्गा छुट्याउन कटहरी २ मा पुगेका उनले सँधियार हरि राजवंशीको घर पूर्वपट्टि छलफल गरिरहेको अवस्थामा मोटसाइकलामा आएका उचितलाल र उनका छोरा अजयले ढुगाले आक्रमण गरेको बताएका छन् ।

सम्बन्धित समाचार

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

जेसी बाल सदनमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्