कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया किशोरी, मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुष र सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–४ का ६० वर्षीय पुरुष र ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा विराटनगर–१ का ३० वर्षीय युवाको मृत्यु भएको हो । २५ वैशाखमा अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा विहिबार विहान मृत्यु भएको कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

सम्बन्धित समाचार

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

सुनसरी जलमग्‍न, २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका...

नेपाल छाडेका वाटमोर बरोडाको प्रशिक्षक नियुक्त

काठमाडौं, ९ असोज । नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिक कारण देखाउँदै उनले नेपाली राष्ट्रिय क्रिकेट...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

सरस्वती स्कुलमा ५१ हजार १५५ रूपैयाँको अक्षयकोष स्थापना

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा ५१ हजार १५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय ढाकाबहादुर पुरीले आफ्नो बुवा, आमा र छोरीको नाममा अक्षयकोष स्थापना गरिदिएका हुन् ।...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ मा उपभोक्तामा भिड लागेको छ । एक्स्पोमा नवौँ दिन शनिबार उपभोक्ताको भिड लागेको हो । १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्