दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

 न्यूज विराट
दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

किशोर दियाली/विराटनगर, २९ चैत । दियाली बन्धु सेवा समाजको सातौँ साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा शनिबार देशभरका दियाली बन्धुहरुको सहभागितामा भव्यताका साथ साधारणसभा तथा महाधिवेशन सम्पन्न भएको हो ।

साधारणसभाले पुनः सुनसरीको धरानका प्रतिष्ठीत व्यवसायी मानबहादुर दियालीलाई अध्यक्षमा चयन गरेको छ । उक्त साधारणसभाले अध्यक्षमा पुनः मानबहादुर दियाली, वरिष्ठ उपाध्यक्षमा पिवी दियाली, महासचिव हरि दियाली, सचिव रमेश दियालीलाई यथावत राख्दै अन्य नयाँ दियाली बन्धुहरुलाई समेटेर कार्यसमिति विस्तार गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा महेन्द्र र लेखबहादुर दियाली, सह–सचिबमा मानबहादुर दियाली, कोषाध्यक्षमा कुमार दियाली चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा काठमाडौंका सुरेन्द्र दियाली, रबी, सुमन, बिमला, चक्र, सोम, डिकबहादुर, तुलसा, गुरुदेव, प्रेम, सीता, निर्मला, किशोर, सरिता, डोरबहादुर, बालकृष्ण, अनुप, निर्मल, बिन्दा, टंक, बुद्धि, छत्र र बिनिता दियाली चयन भएको वरिष्ठ उपाध्यक्ष पिवी दियालीले जानकारी दिए ।

उनका अनुसार सल्लाहकारमा इन्दिरा दियाली, राम दियाली, राजेन्द्र दियाली, भुपध्वज दियाली, सन्तबीर दियाली र तुलाराम दियालीलाई चयन गरिएको छ । कार्यसमिति तथा सल्लाहकार समितिको पदावधी तीन वर्षको हुने अध्यक्ष मानबहादुर दियालीले जानकारी दिए ।

साधारणसभाले विभिन्न क्षेत्रमा आवद्ध दियाली बन्धु, उत्कृष्ट अंकसहित उच्च शिक्षामा अध्ययनरत दियाली बन्धुका सन्ततीहरुलाई सम्मान गरिएको छ । उच्च शिक्षा अध्ययनरत दियाली बन्धुका सन्ततीहरु तथा भावि पूस्ता सुनसरीको इटहरी–५ स्थित ज्योती माबिमा सिभिल इन्जिनियरिङ विषयमा कक्षा ११ अध्ययनरत विद्यार्थी पावेल दियाली, झापाको स्कुलचौन माबिका मनोज, दमककी सुदेस्ना, आश्मा, सरिता, अनुप दियाली लगायत सात जनालाई अध्यक्ष मानबहादुर दियालीले दोसल्ला ओढाउँदै कदरपत्रले सम्मान गरेका थिए ।

त्यसैगरी दियाली बन्धुका ज्येष्ठ नागरिक तुलाराम दियाली, टिकाराम दियाली, नन्दलाल दियाली, धनबहादुर दियाली, प्रेम दियालीलगायत १० जना, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समिति सदस्यमा निर्वाचित दियाली बन्धु सेवा समाजका वरिष्ठ उपाध्यक्ष पिवी दियाली, राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष तथा जागरण मिडिया सेन्टर प्रदेश १ का संयोजक किशोर दियालीलगायत विभिन्न क्षेत्र तथा पेशामा आवद्ध रहेर दियाली बन्धुको पहिचान स्थापित गराउने बन्धुहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभाको बन्दसत्रमा अध्यक्ष मानबहादुर दियालीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र महासचिव हरि दियालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको छ । त्यस्तै कोषाध्यक्ष कुमार दियालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा समेत कुनै त्रुटी नरहेकाले सर्वसम्मतरुपमा पारित भएको कार्यक्रमका संयोजक डोरबहादुर दियालीले जानकारी दिए ।

साधारण सभाले दियाली बन्धुहरुलाई विरामी हुँदा अस्पतालसम्म सस्तो र सर्वसुलभ रुपमा पुर्याउनका लागि एम्बुलेन्स खरिद तथा दियाली बन्धु सेवा समाजको आफ्नै भवन निर्माणका लागि जग्गा खोजी गर्ने निर्णय गरेको अध्यक्ष मानबहादुर दियालीले बताए । सो अबसरमा दियाली बन्धु सेवा समाजले प्रकाशित गरेको २०७८ सालको भित्ते पात्रो बिमोचनसमेत गरिएको थियो।

साधारणसभाबाट नयाँ कार्यसमिति बनेकाले विधान संशोेधन, लेखापरिक्षण र अन्य आवश्यक कामका लागि वरिष्ठ उपाध्यक्ष पिवी दियालीलाई जिम्मेवारी प्रदान गरेको दियाली बन्धु सेवा समाजका प्रदेश अध्यक्ष सुनिल दियालीले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पिवी दियालीका अनुसार कोरोना महामारी (कोभिड–१९) का कारण गतवर्ष कुनै काम गर्न सकिएको थिएन।

सोही कारण बंशावली प्रकाशन, तथ्यांक संकलन, अवस्था बिष्लेषण गरेर हकअधिकारको बारेमा आफनो समुदायको मनोबल बढाई समाज सेवामा समर्पित हुने लक्ष अनुसार खासै प्रगति हुन नपाएको उनले बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दियालीले एम्बुलेन्स परिचालन र संस्थाको भवन बनाउने सन्दर्भमा स्थानीय तथा अन्य निकायमा पहलकदमी हुन नपाएको बताए ।

साधारणसभालाई सम्बोधन गर्दै दियाली बन्धु सेवा समाजका अध्यक्ष मानबहादुर दियालीले देशभर छरिएर रहेका सम्पूर्ण दियाली बन्धुहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले दियालीहरुको अस्तित्व जोगाउन सवै दियाली बन्धुहरु एक जुट हुनुपर्ने बताए ।

अध्यक्ष दियालीले विभिन्न चुनौतीका वावजुद पनि दियाली बन्धु सेवा समाज सातौँ वर्षमा प्रवेश गरेको बताए । उनले सवै क्षेत्रमा आवद्ध दियाली बन्धुहरुले अप्ठ्यारा र कठिन परिस्थीतिमा रहेका आफ्ना दियाली बन्धुहरुलाई सकेको सहयोग गर्नुपर्ने समेत बताए ।

साधारणसभामा झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, काठमाण्डौ, संखुवासभा, भोजपुरलगायत देशभरीबाट करिब डेढ सय दियाली बन्धुहरुको सहभागिता रहेको रहेको थियो । साधारणसभा अशोक दियालीको पहलमा आर्थिक संकलन गरि दाजुभाईबाट उपलब्ध स्रोत साधनले सम्पन्न गरिएको जनाइएको छ ।

साधारणसभा दियालीकै जेष्ठ नागरिक ७८ वर्षिय टिकाराम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दियाली बन्धु सेवा समाजमा देशभरका करिब एक हजार दियाली बन्धुहरु आवद्ध रहेका छन् ।

यस्तो छ दियालीहरुको इतिहास्
दियाली बन्धु सेवा समाजका वरिष्ठ उपाध्यक्ष, वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता पिवी दियालीका अनुसार नेपालमा दियाली बन्धुहरुको इतिहास कास्कीको घार्मीबाट सुरु भएको र सोही स्थानबाट विभिन्न कारणले देशका विभिन्न स्थानमा बसाई सरेर पुगेका हुन् । उनले कास्कीको घार्मीबाट केही दियाली परिवार खोटाङको मात्तिममा बसाई सरेर आएको र त्यहाँ पहिरोले पुरेपछि भाग्दै भोजपुर र खोटाङको सीमानामा पर्ने मुखिताम अर्थात हालको खोटेहाङ–६ मा बसोबास गरेको देखिएको बताए ।

दियालीको खस आर्यनहरुसँग मृत्यु, विवाह, जन्म संस्कार, रितिरिवाज, चाल चलन, संस्कार संस्कृती मिल्ने वरिष्ठ उपाध्यक्ष दियालीले बताए । उनले ६० को दशकदेखि केही दियाली परिवारले इसाई धर्म पनि मान्न थालेको तर, त्यो संख्या हिन्दुको तुलनामा न्युन रहेको बताए । उनका अनुसार दियालीको कुनैपनि ठाउँमा वाहुल्यता छैन । समाजमा मिश्रितरुपमा छरिएर रहेका छन् ।

उनले शिप÷पौरखका धनी, हातहतियार, उपकरण बनाउन जान्ने दियालीहरु बाइसे–चौबीसे राज्य हुँदा युद्धका क्रममा राज्य र गैर राज्य पक्षको चपेटामा परेर भाग्दै संखुवासभा, इलाम, खोटाङ, धनकुटा, काठमाडौं, झापालगायत देशका विभिन्न ठाउँ विषेश गरेर उच्च पहाडी जिल्लाहरुमा बसाई सरेर पुगेको देखिएको जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

कोशी प्रदेशमा सकियो श्रमाधन रोजगार मेला : पाँच हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन

विराटनगर । विराटनगरमा दुई दिन भएको ‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले अवलोकन गरेका छन् ।संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार समापन भएको हो । देशका सातै प्रदेशमा जारी...

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना...

निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छः प्रधानमन्त्री

काठमाडौं, ७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको बताएका छन् । दसैंका अवसरमा शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै...

भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्