राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

 न्यूज विराट
राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा उहाँले अहिलेसम्म १२५ जातजाति सूचिकृत भएको र अन्य दुई सहित यो समुदायलाई पनि सूचितकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रीपरिषद वैठकमा प्रस्ताव लग्ने विश्वास दिलाए ।

मन्त्री ढकालल राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथान समुदाय भएकोले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताए । उनले विगत १४ वर्षदेखि सूचितकृत हुन आन्दोलित यस समुदायलाई त्यस अघि सरकारले नगरेकोमा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरिकन अधिकार प्रदान गर्ने विश्वास दिलाए ।

मन्त्री ढकालले राजवंशीलाई आदिवादी जनजातिमा सूचिकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउदै यस सम्वन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्वन्धमा चनाखो हुन आग्रह गरे । उनले वर्तमान अवस्थामा हिमाल मात्रले पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यक्ता औंल्याए ।
समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्ग, भाषा , पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचितकृतका लागि सम्वोधन नगरेकोमा गुनासो व्यक्त गरे ।

नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी,गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य,राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी(विराट) उल्लेख गर्नुपर्नेमा जोड दिए ।

मोरङ, झापा र सुनसरीमा अधिकाँश राजवंशी(विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाख भन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले जानकारी दिए । राजवंशी समुदायमा पुरुषले धोती, गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ ।

सम्बन्धित समाचार

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा गिरावट

एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो । तेल उत्पादन...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...

हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । कलेजमा अध्ययरत विद्यार्थीहरूको समूह बनाएर प्रतियोगिता आयोजना गरिएको थियो । जसमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्