जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको छ ।
सयुक्त आन्दोलन गर्न नमानेपछि प्रचण्ड–नेपाल समुह प्रधानमन्त्रीको अफर लिएर सभापति शेरबहादुर देउवाको निवास पुगेको थियो । केही दिनअघि फागुनमा कांग्रेससँग मिलेर सयुक्त आन्दोलन गर्ने घोषणा सो समुहले गरेको छ । तर, कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेस कसैको उक्साहटमा नलाग्ने प्रतिक्रिया दिनुभएको छ ।
निधिले प्रतिनिधिसभा विघटन र निर्वाचनको विषयमा कसैको उक्साहट र लोभलालचको भरमा कुनै पनि निर्णय नलिने बताउनु भयो । कांग्रेसका शुभेच्छुक संगठनहरुले जनकपुरमा गरेको प्रदर्शन पश्चात शनिवार जनकपुरमा आयोजित कोणसभामा बोल्दै उहाले कांग्रेसले आफ्नो नीति र निर्णय आफैं तय गर्ने बताउनु भयो ।