क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

 न्यूज विराट
क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।

पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

सम्बन्धित समाचार

विराटनगरमा थप ११ जनामा कोरोना पुष्टि

विराटनगर, साउन २१–प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकामा...

क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु

डडेल्धुरा, ५ असार-भारतको बैङ्लोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका-३ का एक युवकको मृत्यु भएको छ । कैलालीसँग जोडिएको गौरीफण्टा नाका भएर २९ जेठमा मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा गाउँपालिकाका...

उपत्यकामा खटिएका २ प्रहरीमा कोरोना पोजिटिभ 

काठमाडौं, ७ जेठ-उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वाबमा प्रहरी...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुुख आयुक्त थपलिया

काठमाडौँ, २७ पुुस-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

देशभर कोरोनाबाट १८७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...

बीपीमा तेह्रथुमका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्