प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

 न्यूज विराट
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र ते¥हथुमको फेदाप १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ ।

प्रदेश १ मा आज २७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

ब्राजीलद्वारा कोरोना तथ्यांक पुनः राख्न सुरु

एजेन्सी, जेठ २८-ब्राजीलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ बाट मृत्यु हुनेको तथ्यांक पुनः जोड्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो । दुई दिनअघि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज

विराटनगर, १५ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका दुई पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १८ भदौ-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयकाे बैठक सुरु भएकाे जानकारी दिए...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

न्याय क्षेत्रका २२ न्यायाधीशसहित १६१ जनामा कोरोना संक्रमण

न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी अहिलेसम्म १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्