काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज पालाे आएन, सुनुवाइ भोलि हुने छ’, उनले भने।
सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकिसकेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ हुने छ । निवेदनमा अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने दाबी गरेका छन् ।