घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

 न्यूज विराट
घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाले सफल युवा उद्यमीमा रुपमा चिनिएका निरौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यस अघिको कार्यसमितमा उपाध्यक्ष थिए । अधिवेशनले निरौला सहित आफ्नो क्षेत्रमा सफल उद्योगीको पहिचान बनाएका युवा उद्यमीहरुको टिम सर्वसम्मत चयन भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रमेशकुमार खड्का, लालबाबु भगत, उद्धव कोइराला, भुपाल थापा, नारायणप्रसाद राई, रमेश राउत, विनोद ढकाल, सोमी भगत चौलागाईँ, चन्द्र प्रकास अधिकारी, सीता राई, सुमन प्रसाईँ, सयदा तवस्सुम, र तुलसी ढकाल चयन भएका छन् । महासंघ मोरङको २३ सदस्यीय कार्यसमिती हुनेमा अन्यलाई मनोनित गरिने नवनिर्वाचित अध्यक्ष निरौलाले जानकारी दिए।

त्यस्तै महिला उद्यम समितिको अध्यक्षमा सफल महिला उद्यमी सुनिता छाराहाङ सर्वसम्मत चयन भएकी छन् । समितिको वरिष्ठ उपाध्यक्षमा जीना श्रेष्ठ, उपाध्यक्षमा अम्बिका भण्डारी, महासचिवमा मालती आचार्य, कोषाध्यक्षमा यमुना पोखरेल चयन भएको जनाइएको छ ।

त्यसैगरी महिला उद्यम समिति मोरङको कार्यसमिति सदस्यमा भुमिका गिरि, रीता दाहाल, सम्झना ढुंगेल, रोजी श्रेष्ठ, वविता थापा, नरमायाँ खनाल, योगमाया पोखरेल र सुनिता अग्रवाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

घरेलु तथा साना उद्योग महासंघ मोरङका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यहरुलाई महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय र महिला उद्यम समितिका पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई महिला उद्यम समितिका केन्द्रीय उपाध्यक्ष अञ्जु उपाध्यायले पद तथा गोपनियताको सपथग्रहण गराए ।

सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निरौलाले आगामी एक वर्षभित्रमा जिल्लाका सवै स्थानीयतहहरुमा महासंघको शाखा विस्तार गर्ने, महासंघ मोरङलाई आर्थिक रुपमा बलियो बनाउने, महिला उद्यमीहरुको क्षमता विकास गर्ने, भारतबाट खुल्ला सीमानाका कारण हुने अवैध चोरी निकासी पैठारीका कारण स्वदेशी उत्पादन र स्वदेशी बजार धारासयी हुने भएकाले चोरी निकासी पैठारी पूर्णरुपमा नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरि दवाव दिने, बैंक, वित्तिय संस्था तथा विमा कम्पनीहरुसँग सहकार्य अघि बढाउने, घरेलु तथा साना उद्योगको प्रचार प्रसारका लागि सवै प्रकारका सञ्चार माध्यामहरुसँग सहकार्य आफ्नो कार्यकालमा गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी उनले आफ्नो कार्यकालमा महासंघ मार्फत सामाजिक उत्तरदायीत्व अन्तर्गत सेवामुलक कामगरी समाजलाई सहयोग समेत पुर्याउने प्रतिवद्धता जनाए ।

अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले गमलामा पानि रोपेर गरेका थिए । सो अबसरमा बोल्दै मन्त्री कुसियतले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएकाले प्रदेश सरकारले सो क्षेत्रको समस्य समाधान गर्ने बताए ।
उनले उद्यमीहरुका समस्या सम्बोधन गर्न प्रदेश सरकारले उद्योग ऐन ल्याएको र नियमावली बनसकेपछि काुनुनी समस्या अन्त्य हुने दावी गरे । उनले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएको बताउँदै प्रदेश सरकारले वातावरण सहज बनाउने प्रयत्न गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले कोरोना महामारिका कारण थलिएका उद्योग कलकारखाना प्रति सरकार संवेदनशिल बन्नुपर्ने बताए । उनले महासंघको दिएको २४ वटा सुझाव हरुमध्ये सरकारले मौद्रिक नीतिमा २० वटा सुझाव समेटेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले मुलुक स्थिर रहेमात्र समृद्धि आउने बताए । उनले देशलाई अस्थिरतातर्फ धकेल्न ठुलो षड्यन्त्रको जालो बुनिएकाले मुलुक अस्थिर बने निजि क्षेत्रलाई सवैभन्दा ठुलो असर पर्ने भएकाले खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्याय, पूर्व अध्यक्ष लता प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका महासचिव अनिल साहलगायतले शुभकामना व्यक्त गरे । उनीहरुले घरेले तथा साना उद्योग क्षेत्रको समस्या समाधानमा सरकारले चासो देखाउनुपर्ने बताए ।

सो अवसरमा प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिएको थियो । करिब डेढ दशकदेखि प्रदेश १ को राजधानी विराटनगरमा बसेर सकृृय रुपमा निरन्तर कलम चलाउँदै आएका पत्रकार विश्वकर्मालाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरे ।

पत्रकार विश्वकर्माले पत्रकारिता सुरु गरेदेखिनै निरन्तर घरेलु तथा साना उद्योगका समस्या, चुनौती, सम्भावना र महासंघका गतिविधि आफु कार्यरत सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको र पत्रकारिताका माध्यमबाट घरेलु तथा साना उद्योगका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकाले सम्मान गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका निवर्तमान अध्यक्ष नरेन्द्र हुमागाईले जानकारी दिए ।

पत्रकार विश्वकर्मा हाल गोरखापत्र दैनिक र शिलापत्रमा आवद्ध रहेका छन् । नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेका पत्रकार विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षसमेत हुन् । रेडीयो, टेलिभिजन, छापा तथा अनलाईन सवै विधाका सञ्चार माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सकृयरुपमा कलम चलाउँदै आएका छन् ।

त्यस्तै अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु, महिला उद्यम समितिका पूर्व अध्यक्षहरु लगायत एकदर्जन बढी व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सहभागि प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथीहरुलाई घरेलु तथा साना उद्यमी आफैले उत्पादन गरेका सामाग्रीहरु मायाको चिनो स्वरुप वितरण गरिएको थियो ।

तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि भएको हो । अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहेको नवनिर्वाति वरिष्ठ उपाध्यक्ष गोपाल काफ्लेले जानकारी दिए ।

अधिवेशनकै अवसरमा जिल्लाका लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनीसमेत गरिएको थियो । कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानिटाइटरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष काफ्लेले बताए

सम्बन्धित समाचार

पाकिस्तानकाे कराचीमा १०७ यात्रु बाेकेकाे विमान दुर्घटना

एजेन्सी, जेठ ९-पाकिस्तानकाे व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएकाे छ । कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे । याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे...

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

रमाले जन्म दिएकी तिम्ल्याहा शिशु विराट हस्पिटलले बचायो

विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल०  मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...

नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्