प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

 न्यूज विराट
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री ओलीसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको जानकारी दिए ।

विदेश सचिव श्रृंगलाले परराष्ट्र सचिवस्तरीय बैठकपछि प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीसँगको भेटअघि उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेका थिए । बिहीबार नेपाल आएका श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

सम्बन्धित समाचार

मिल्स नकआउट फुटबल : मेरिल्याण्ड र रेडस्टार सेमिफाइनलमा

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मेरिल्याण्ड र रेडस्टार स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा सगरमाथा स्कुललाई ४–१ गोलले हराउँदै मेरिल्याण्ड सेमिफाइनलमा पुगेका हुन् । जितको लागि मेरिल्याण्डका निश्चल...

सेती अस्पतालको आइसोलसनमा राखिएका १ जनाको मृत्यु

कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

जनकपुरमा पैसा फालेर भागेका २ मध्ये एक महिलाकाे आरडीटी रिपोर्ट पोजेटिभ

जनकपुर, ६ वैशाख-जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेका २ महिलामध्ये एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे । प्रादेशिक...

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्