व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

 न्यूज विराट
व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँसमेत परेको छ ।

हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्गरुका योगेश बोहराले जानकारी दिए । ‘५/६ इन्च हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ,’ उनले भने ।

चिसो बढेसँगै तिङ्करवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्गरुको कुञ्चा भने यही १९ मंसिरमा मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए ।

जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरू नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् ।  गत चैतदेखि नेपाल-भारत सीमा नाका बन्द छ । व्यासीहरू आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए ।

गत जेठमा पनि व्यासीहरू भारतीय भूमि प्रयोग गरेर छाङ्गरु र तिङ्कर उक्लिएका थिए । सरकारले व्यासीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न बाटो बनाउन नसकेपछि उनीहरूले पुनःविदेशी भूमिको प्रयोग गर्नुपरेको हो । सरकारले व्यासको छाङ्गरु तिङ्करका नागरिकलाई आफ्नो भूमिमार्फत आवतजावत गराउन घाँटीबगरको ५५० मिटर घोडेटो बाटो निर्माण गर्‍यो । सो स्थानमा बाटो बने पनि त्योभन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बन्न सकेको छैन । स्थानीयवासीले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताए ।

छाङ्गरु र तिङ्कर गाउँमा बसोबास गर्ने व्यासी, सौका समुदाय मङ्सिरको पहिलो साताबाट खलङ्गा झर्ने तयारीमा छन् । सीमा रक्षक भएर बस्दै आएका दुवै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेँसी (सदरमुकाम खलङ्गा) झर्ने तयारीमा छन् ।

गत जेठ महिनामा व्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित यही ३ मंसिरमा औल अर्थात खलङ्गा झर्दैछन् । उनीहरू ८ मंसिरमा  मात्रै खलङ्गा पुग्नेछन् । यस्तै, १०५ परिवार १९ मंसिरमा व्यासबाट हिँड्ने तयारी गरेको जनाइएको छ ।  व्यासीहरू अहिले खेतीपाती लगाएर खलङ्गा झर्न थालेका हुन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलङ्गा आउन लागेको उनले बताए ।

व्यासीहरू छाङ्गरुको गागाबाट सीता पुल पार गरेर खलङ्गा आउने छन् । भारतीय बाटो हुँदै खलङ्गासम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन् । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयवासीले फेरि पनि भारतलाई नै आग्रह गर्नुपरेको व्यासी बताउँछन् । उनीहरू छाङ्गरुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौँ दिन एलागाड हुँदै छैठौँ दिनमा सदरमुकाम खलङ्गा पुग्नेछन् । व्यासीको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ ।

विगतमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झण्डै २०५९/६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारले लगानी लगाए तर बाटो बनाएनन् ।

बाटो निर्माण मर्मतको नाममा बर्सेनि बजेट खर्च भयो तर आउँदा जाँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि संघीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना र व्यास गाउँपालिकालगायतका कार्यालयबाट बाटोमा खर्च भइरहेको छ ।

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ । यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् ।

खेतीपाती लगाएर आएका व्यासी पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लन्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फाँपर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको छाङ्गरु र तिङ्करमा मात्रै झण्डै हजार बढी मानिसको बसोबास छ । परापूर्वकालदेखि नै व्यासीहरूको दोहोरो बसाइँ हुँदैआएको छ । उनीहरूको घर, जग्गा जमिन सदरमुकाम खलङ्गामा समेत छ । उनीहरूले व्यासको छाङ्गरु, तिङ्कर जस्तै खलङ्गामा तिङ्कर, छाङ्गरुको बसाइँ छुट्टाछट्टै बसालेका छन् ।

फोन अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । ‘दुई दिनदेखि फोन लाग्न सकेको छैन्’, स्थानीय योगेश बोहराले भने, ‘भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।’ सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा फेरी भेटियो शंकास्पद वस्तु

विराटनगर । विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ । यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु आज दिउँसो फेला परेको हो । घटना स्थललाई सुरक्षित राखिएको र नेपाली...

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

प्रहरीको संरक्षणमा झापामा स्याउ तस्करी, ५७१ कार्टुन तस्करीको ‘फुजि स्याउ’ बरामद

विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो । सशस्त्र...

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

३ महानगरले घरजग्गाबापतको ७५ करोड रुपैयाँ उठाउन सकेनन्

काठमाडौं, ३१ असार-३ महिनागरपालिकाले कानुनले दिएको अधिकारअनुसार घरजग्गा र सम्पत्तिबापतको कर उठाउन सकेका छैनन् । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनअनुसार १ सय जना करदाताबाट यस्तो रकम उठाउन नसकेको देखिएको हो । स्थानीय सरकार सञ्चालन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्