जसपाका केन्द्रीय सदस्यहरुलाई सम्मान

 न्यूज विराट
जसपाका केन्द्रीय सदस्यहरुलाई सम्मान

विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् ।

गत कात्तिक ३ र ४ गते बसेको केन्द्रिय कार्यकारिणी कमिटीको बैठकले मोरङबाट २९ जना पार्टी सदस्यहरुलाई केन्द्रीय कमिटीमा चयन गरेको थियो । कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुलाई गमछा ओढाएर स्वागत गरे ।

सोही अवसरमा तत्कालिन समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले राजनैतिक परिवर्तनका लागी, अधिकार सम्पन्न हुनका लागि तथा शोषित पीडितलाई काँध दिन पार्टीलाई फराकिलो र बलियो बनाउनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टीका नगरअध्यक्ष विनोद गुप्ता, केन्द्रीय सदस्य कामेश्वर रौनियार, जिल्ला उपाध्यक्ष दिनेश शाह तथा जसपा नेपालका केन्द्रीय सदस्य भोगेन्द्र यादव, तेजलाल कर्ण, तवरेज हक, मालबाबु सहनी र मोहम्मद कादिरलगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्