च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

 न्यूज विराट
च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६५ औँ मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढ्यो । डाइनामो किभका लागि सिगान्कोभले ७५ औँ मिनेटमा एक गोल फर्काए । लगातार तेस्रो जितसहित बार्सिलोना ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ ले पराजित गरेको छ । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । फेरेन्सभारोसीका डिभालीले आत्मघाती गोल गरे भने बोलीले एक गोल फर्काए ।

जितपछि तीन खेलबाट ६ अंकसहित युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ । गएराति नै भएको समूह इ को खेलमा चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ भने सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ ।

समूह एफ को खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रूगलाई ३–० ले पराजित गर्दा जेनिट सेन्ट–पिटर्सबर्ग र लाजिओले १–१ को बराबरी खेलेका छन् ।

सम्बन्धित समाचार

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

डब्लूएचओको चेतावनी: अझै खराब अवस्था आउँदै छ

एजेन्सी, बैशाख १०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानम गेहब्रियससले कोरोना भायरसको महामारीको अझै खराब चित्र देख्न बाँकी नै रहेको चेतावनी दिएका छन् । उनले कोरोना भाइरसले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिए ।...

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्