पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

 न्यूज विराट
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको जनाएकाे हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना गरी उपत्यकामा साे संख्यामा संक्रमित थपिएकाे मन्त्रालयले बताएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६ सय २० जना छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना छन् ।

सम्बन्धित समाचार

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख...

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्