छोरीलाई गोली हान्ने बुबा कारागार चलान

 न्यूज विराट
छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि १६ असोजमा भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई १७ असोजमा पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन सुरु गरेका छन् । अहिलेसम्म १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड

विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार...

प्रदेश सरकारले कर्मचारीलाई ढाका पहिरन लगाउन नीति बनाउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने नीति लिएको बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको तीन दिने ढाका महोत्सवको उद्घाटन गर्दै...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्