प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

 न्यूज विराट
प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता समक्ष प्रस्टसंग राख्न छिटो, स्पष्ट र मीठो रुपमा वुझन का लागि समीक्षा पुस्तक तथा सूचनाचित्रको आज यहाँ सार्वजनिक गरिएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मध्यावधि समीक्षा पुस्तकको आज यहाँ सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण रहेको बताए । उनले सरकारले तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउदै उनीहरुको विकासप्रतिको आकाँक्षा पुरा गर्ने कार्यले आगाडि वढिरहेको धारणा व्यक्त गरे ।

प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनीक, कानूनी ऐन, संरचना, महत्वपूर्ण निकायहरु लगानी वोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवा निर्माण गरेको बताए । उनले सीमित श्रोत र साधनका बावजूत विकास निर्माणको कार्य गर्नु परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा उत्साह छाएको छ भन्नु भयो ।

मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलव्ध गराउन छिट्टै परियोजना वैंक तयार गर्न निर्देशन दिएको जानकारी दिदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए । उनले कोभिड–१९ ले प्रदेशको आर्थिक रुपमा मुहान सुकाएको चर्चा गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारीरुपमा कार्य गरिरहेको धारणा राखे ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थको धावन मार्ग तीन हजार मिटर बनाउन सङ्घीय सरकारसंगको भएको संझौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गर्दै बजेट खर्च गर्ने हिसावले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको छ भन्नु भयो । उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आत्मसात गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य प्राप्त गर्न सरकारले कार्य गरिरहेको र यसका लागि सवैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि वढाउन प्रदेशका १३७ पालिका र १४ जिल्ला समन्वय समितिहरुलाई आवश्यक टिप्पणीको लागि आव्हान समेत गरे । प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले मुख्य १३ वुंँदामा सम्वोधन गरी जनतालाई शिक्षित र आत्मनिर्भर बनाई उनीहरुको मुहारमा खुशी ल्याउने उद्देश्यले आयोगले कार्य गरिरहेको विचार व्यक्त गरे । आयोगका सदस्यद्वय मीना भण्डारी र पूर्ण लोक्सोमले मध्यावधि समीक्षा वैज्ञानिक ढंगले गरिएको बताए ।

सार्वजनिकरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत लगायत राज्यमन्त्रीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २३ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक...

प्रदेशको अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न संघीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार...

मजदुरको सामाजिक सुरक्षामा पहल गर्न संघीय संसद् तयारः सभामुख सापकोटा

काठमाडौं, १९ वैशाख-सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा सामाजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् । उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी...

कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्